आज राति उल्का ताराको बर्षा


 हेर्नको लागि उत्तम समय कहिले हो?

आज राति आकाशमा सर्वसाधारणहरूले मिथुन उल्का वर्षा भएको हेर्न सक्नेछन्। यसलाई  मध्यरात १२ बजे देखि बिहान ३-४ बजे सम्म हेर्न सकिनेछ।  यसलाई खुल्ला आखाले पनि हेर्न सकिन्छ। 


मंसिर १८ गतेदेखि सुरू भएको उल्कावर्षा पुस १ गतेसम्म सक्रिय रहनेछ। आज राति भने उक्त उल्कावर्षा अत्यधिक सक्रिय हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। 

हेर्ने उत्तम तरिका के हो?

अध्यारो ठाउँ बस्नुहोस् र आफ्नो आँखालाई अँध्यारोमा अनुकूलन बनाउनुहोस्।  फोन नहेर्नुहोस् र आँखालाई  हेर्न तयार गर्नुहोस्।।, किनकि यसले तपाईको रातको दृष्टिमा बाधा पुर्‍याउँछ। आकाश तिर फर्केर सुत्नुहोस् र सीधा माथि हेर्नुहोस्, सकेसम्म धेरै समय सुत्नुहोस्। तपाईंले चाँडै मिथुन उल्काहरू देख्नुहुने छ।


Post a Comment

Previous Post Next Post